सैन्य कारवाहीमा एक सिपाहीसहित ५ लडाकु मारिए


 


श्रीनगर, चैत्र २३
भारतकाे जम्मु कश्मीरमा भएकाे सैन्य कारवाहीमा एक सिपाहीसहित ५ लडाकु मारिएका छन्। सैन्य कारवाहीमा परी पाँचजना सशस्त्र लडाकु र एक सैन्य जवान मारिएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् ।

कुपवरा जिल्लामा सेनाले आइतबार गरेको कारवाही गरेको बताइएको छ । प्रवक्ता कर्नेल राजेश कलियाका अनुसार उत्तर कश्मीर क्षेत्रमा सेनाले पछिल्लो समय आतंकवादी समूहविरुद्ध कारवाही तीव्र पारेको छ ।

आइतबार उक्त कारवाहीमा दुई सैनिक जवान घाइते भएको पनि उनले जनाए । बाक्लो हिउँ र वर्षाको कारण उद्धार कार्य प्रभावित भएको पनि बताइएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्