अमेरिकामा कोरोनाबाट एकै दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च


 



एजेन्सी
नोभेल कोरोना भाइरसका कारण अमेरिकामा एकै दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा १२ सय २४ कोरोना संक्रमितको मृत्यु भएको छ । 

यसअघि अप्रिल ३ अघिको २४ घण्टामा अमेरिकामा विश्वकै सबभन्दा बढी एक हजार ९४ जनाको मृत्यु भएको थियो । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ३७६ पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या पनि विश्वकै सबभन्दा बढी तीन लाख ११ हजार ३५७ पुगेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई साता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थप बढ्ने बताएका छन् ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्