पुर्वन्याधीश सिद्दिकीद्वारा मोदीलाई भारतस्थित नेपालीको संरक्षणको लागि खुल्ला पत्र


 


काठमाडौं, चैत्र २३
उच्च अदातलका पुर्वन्याधीश डा. सलाउद्दीन सिद्दिकीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुल्ला अनुरोध पत्र लेख्दै कोरोनाको कारण भारतमा लकडाउनमा फसेका नेपालीहरुको संरक्षण गर्न अनुरोध गरेका छन् ।

उनले नेपाल सरकार र भारत सरकारले गरेको लकडाउनको पुर्ण पालन हुनुपर्ने बताउँदै कष्ठमा रहेको जनताहरु प्रति ध्यान पु¥याउन मोदीलाई आग्रह गरेका छन् । प्रस्तुत छ उनको खुल्ला अनुरोध पत्र ः–

भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र दामोदरदास मोदीजीलाई खुला अनुरोध पत्र

मान्यवर, नेपाल र भारत दुई विशेष सम्बन्ध भएका छिमेकी देशहरू हुन् । जसका नागरिकहरू एक अर्काको मुलुकमा निर्बाध रुपले व्यापार व्यवसाय गर्छन् । अचानक महामारीको रूपमा देखा परेको कोरोना भाईरस विश्वव्यापी रूपमा गम्भीर समस्या बनेको छ । दुबै देशहरूले पनि यस गम्भीर समस्यालाई समाधान गर्न हर प्रयास गरिरहेका छन् । संक्रमणको प्रकोप रोक्नको लागि दुबै देशहरूले लकडाउन गर्ने उचित निर्णय लिएका छन् ।

यसको पालना गर्नु हामी सबैको हितमा छ । तर जनतामा व्याप्त डर र दैनिक जीवनयापनको गम्भीर समस्याका कारण सरकारका निर्देशनहरू पालना गर्न गाह्रो भइरहेको छ । नतीजाको रूपमा, मानिसहरू जो जहाँका निवासी हुन् उनीहरू त्यहीँका आफ्नो परिवार जनको मद्दत लिन चाहन्छन् । त्यसैले ऊनीहरु आफ्नो कार्यस्थलबाट आफ्नो घरतर्फ भाग्न खोज्दै छ । जसका कारण सरकारका निर्देशनहरू उल्लंघन भइरहेको छ, जसलाई जनताले गर्न चाहेका छैनन्। तर जनता परिस्थितिको अगाडि बाध्य छ।

समाचारहरुबाट थाहा हुन्छ कि नेपाली कामदारहरूले विभिन्न राज्य र भारतको सिमानामा कठिन परिस्थितिको सामना गरिरहेका छन् । मलाई आशा छ कि कूटनीतिक नियोग मार्फत समस्या समाधान गर्न नेपाल सरकार तपाईको साथमा छ । तर हामीलाई थाहा छ कि भारतसँगको हाम्रो सम्बन्ध केवल कूटनीतिक मात्र नभएर जनतास्तरमै विशेष सम्बन्ध छ । जसको वर्णन दोहा¥याउँदै तपाईं जहिले पनि उही मार्ग अनुसरण गर्दै आइरहनुभएको छ ।

सोही जनस्तरको सम्बन्धको नाताले एक नेपाली नागरिक भएकोले म तपाईँलाई भारतमा चिन्ताजनक स्थितिमा कठिन परिस्थितिको सामना गरिरहेका नेपाली नागरिकहरूमाथि ध्यान दिन एउटा नम्र निवदेन गर्दछु । हामी पूर्ण रूपमा महसुस गर्दछौं कि तपाईं धेरै चिन्तित हुनुहुन्छ र आफ्नो नागरिकहरूको रक्षा गर्न प्रयास गर्दै हुनुहुन्छ । हामी तपाईको सफलताको कामना गर्दछौं । म विश्वस्त छु कि तपाइँ र हामी सबैले आउँदो समयमा सफलता हासिल गर्नेछौं । फेरि, तपाईंलाई अनुरोध छ कि तुरुन्तै नेपाली नागरिकहरूको संरक्षणको लागि उचित व्यवस्था गर्नुहोस जो भारतमा करोनाको प्रकोपको कारण गम्भीर कठिनाइहरूको सामना गरिरहेका छन्।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्