लकडाउन बैशाख ३ गते सम्म!


 


काठमाडाैँ, चैत्र २३
शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने, कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने, चिकित्सकको प्रोत्साहनका लागि बिमा, सुरक्षा र प्रोत्साहन भत्ता दिनेलगायत महत्वपूर्ण पाँच निर्णय गरेको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवाडाका अनुसार शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख तीन र अन्य दुई निर्णय गरेको हो।
बैठकपछि कुरा गर्दै प्रवक्ता खतिवडाले लकडाउनको विषयमा थप निर्णय भने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गर्ने जानकारी दिए।

सरकारले चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म लकडाउनको समयअवधि थप्ने तयारी गरेको छ। सरकारले यसअघि नै अन्तर्राष्ट्रिय उडानमा भने २०७७ वैशाख ३ गतेसम्म रोक लगाएको छ। नेपालमा एकजनाबाहेक सबै कोरोना संक्रमित विदेशबाट आएका भएकाले सरकारले छिमेकी देशसँगका सीमा नाकामा समेत कडाइ गर्दै आएको छ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्