काेराेनाकाे महामारी: तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने सरकारको निर्णय


 


काठमाडौँ, चैत्र २२
सरकारले चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) काे जाँचका लागि र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्‍चनपुर र बागलुङमा काेभिड-१९ काे जाँचका लागि र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हाे।

बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

र्‍यापिड टेस्ट किटको प्रयोग गर्ने बताए पनि चीनबाट ल्याइएका किटहरुको गुणस्तर यकिन छैन । एनएचआरसीले गुणस्तर जाँच गर्ने भनिए पनि उसले आफूसँग त्यो क्षमता नभएको बताइसकेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्