सरकारकाे निर्णय : एउटा स्थानीय तहबाट अर्कोमा जान नपाइने


 


काठमाडौँ, चैत्र २२
सरकारले चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) को संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि लकडाउनमा थप कडाइ गर्ने भएको छ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद्कौ बैठकले आवागमनमा थप नियन्त्रण गर्दै लकडाउनमा कडाइ गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनमा नियन्त्रण गरिने बताएका छन्।

कोरोना भाइरसको जोखिमबाट बचाउन भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ। संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकारको तयारी छ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्