लाइसेन्स खारेज गर्ने निर्णय सच्याउन चिकित्सक संघको आग्रह


 


काठमाडौँ, चैत्र २२
नेपाल चिकित्सक संघले कोभिड–१९ को उपचार तथा अन्य स्वास्थ्य सेवा सञ्चालनमा बाधा पुर्‍याउने स्वास्थ्यकर्मीको पेशागत लाइसेन्स खारेज गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै तुरुन्त सच्याउन माग गरेको छ।

महामारीका बेला स्वास्थ्य सेवाको संवेदनशीलतालाई बुझी विवादास्पद निर्णय सच्याएर सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सिकहरुको मनोबल उच्च गराउन संघले माग गरेको छ।

फौजदारी अभियोग लगाउने वा भ्रष्टाचारको अभियोग लगाउने कोठे प्रशासनिक निर्णय गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरिमालाई ईतिहासमै लज्जित बनाउने काममा सरिक भई रहँदा पनि यस्तो प्रकारको निर्णयबाट कोही पनि चिकित्सक कत्ति पनि बिचलित नभई निरन्तर नेपाली नागरिकहरुलाई कोरोना भाइरसको महामारीबाट बचाउन सक्दो प्रयास भावी दिनमा पनि गर्ने प्रतिबद्धता संघले व्यक्त गरेको छ ।

नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा र भ्रष्टाचार गरेमा मात्र स्वास्थ्य सेवाको निम्ति अयोग्य ठहरिने कानुनी व्यवस्था रहेको संघले जनाएको छ।

मन्त्रालयको ठाडो आदेशले देशभरका चिकित्सक चिन्तित भएको संघले बताएको छ।

‘यहाँको निर्णयले नेपाल मेडिकल काउन्सिल जस्तो स्वायत्त संस्थालाई दिइएको नियमसम्मत नसुहाउने ठाडो आदेशका कारण देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरु चिन्तित भएका छन्, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्