बाजुराबाट हतियारसहित एक जना पक्राउ


 


बाजुरा, चैत्र २२
प्रहरीले बडिमालिका नगरपालिका-८ बागडाँडाको जङ्गलबाट सोही नगरपालिका-८ राप्का बस्ने ५० वर्षीय मन्‍नाम थापालाई लोड भएको एकनाले भरुवा बन्दुक १ थान, बन्दुकको केप ५३ थान, सरिया काटेर बनाएको बन्दुकमा लाग्ने गोली १८ राउण्ड सहित शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले थापालाई उक्त हातहतियार बोकी शिकार खेल्न जाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्