लक्षण नदेखिए पनि अब दुई हप्ता क्वारेन्टाइन बसेर पुग्दैन, रेड जोनमा १ सय २६


 


काठमाडौं, चैत्र २२
१४ दिन क्वारेन्टाइनमा बसेर लक्षण नदेखिएकाहरु पनि क्वारेन्टाइनमै बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दुई हप्ताको क्वारेन्टाइन बसाई पुरा गरेकाले पनि क्वारेन्टानमै बस्नुपर्ने बताएका हुन्।

‘अहिले धेरैतिरबाट १४ दिन क्वारेन्टाइन बसेर पनि लक्षण नदेखिकाले अब के गर्ने भन्ने प्रश्न आएको छ। तपाई फेरि पनि क्वारेन्टाइनमै बस्नुपर्ने छ।’, उनले भने।

मोबाइल एप्लेकसनबाट कोरोना परीक्षणका लागि आवेदन दिनेमध्ये १ सय २६ जना रेड जोनमा परेका छन्। प्रवक्ता देवकोटाले शनिबार सम्म १ हजार ४ सय ४१का  कोरोना भाइरस परीक्षण भएको बताए। कोरोनाको आसंकामा ७० जना आइशोलेसनमा राखिएको पनि उनले बताए।यस्तै देशका ६ ठाँउबाट कोरोना परिक्षण भइरहेको छ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्