टेकुका चिकित्सक र स्वास्थ्यकर्मी गरी १६ जना क्वारेन्टाइनमा


 


काठमाडौँ, चैत्र २२
प्रत्यक्ष रूपमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीको उपचार र हेरचाह गर्ने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका चिकित्सक र स्वास्थ्यकर्मी गरी १६ जना अस्पतालकै क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू एक सातादेखि क्वारेन्टाइनमा बसेका हुन् ।

काेराेन भाइरसका बिरामी हेर्ने स्वास्थ्यकर्मी संक्रमित हुने र परिवारमा सार्ने सम्भावना रहने भएकाले उनीहरूलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीले बताए। ‘केही स्वास्थ्यकर्मीका घरमा मधुमेह, मिर्गौलाजस्ता दीर्घरोगी, बालबच्चा र वृद्धवृद्धा भएकाले घर नगएका हुन्,’ उनले भने, ‘केहीलाई घरबेटी र समुदायले राम्रो व्यवहार गरेनन्।’

कोभिडका बिरामी अस्पतालमा भर्ना भएसम्म ती स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्था गरिने उनले बताए। घरमा जोखिम सदस्य नभएका चिकित्सक भने ड्युटी सकेर घरै फर्किरहेका छन्।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्