स्वास्थ्य उपकरण खरिद प्रकरण: सेनालाई ठेकेदार बनाउने?


 


काठमाडौं, चैत्र २२
नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन् । सरकारकाे पछिल्लाे निर्णय चरम विवादमा अाएकाे छ। उक्त निर्णयकाे विपक्षमा सत्तारूढ नेकपाकै नेताहरू उभिएका छन्।देशकाे सुरक्षा निकाय नेपाली सेनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा उपचारमा आवश्यक उपकरण खरिद गर्न दिने सरकारको निर्णय विवादमा अाएकाे हाे।

उक्त निर्णय सार्वजनिक भएलगत्तै सरकारको क्षमतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा राजनीतिक दल (सत्तारुढ/प्रतिपक्ष)का नेता, पूर्वप्रशासक, प्राध्यापक, नागरिक समाजका अगुवा, आम नागरिकलगायतले सरकारको यस्तो अभ्यासको आलोचना गरेका हुन्। १६ गते बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तेा निर्णय गरेकाे हाे।

सरकारको यस्तो प्रकारको निर्णयले सेनालाई ठेकेदार एवं विचौलिया बनाउँदै यस्ता रकम आउने स्थानमा महत्वकांक्षा र मनोबल बढ्दै जाने उनीहरुको धारणा छ।

यो आलोचनासँगै सत्तारुढ दलका शीर्ष नेताहरु नै प्रधानमन्त्रीको निर्णयविरुद्ध मोर्चा बन्दी गर्ने तयारी अघि बढेको एक नेताले बताए। यस्तो निर्णयले नागरिक सर्वोच्चता खुम्चिने र अन्ततः गम्भीर परिणाम ल्याउने भन्दै यसमा सरकारले विचार गर्नपर्ने सुझाव शीर्ष नेताहरुको छ। सत्तारुढ दलका शीर्ष नेताले राष्ट्रघाती कदमको संज्ञा दिँदै प्रधानमन्त्रीसमक्ष अर्का अध्यक्ष पुष्पकमल दाहालमार्फत छलफल गर्ने तयारी अघि बढाएका हुन्। उनीहरुले सचिवालयको बैठकको माग गरिसकेका छन्। त्यहाँ यो विषयमा छलफल हुने भनिएको छ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्