भारत भ्रमणमा रहेका प्रचण्डले भारतसँग गरे गम्भिर सहमति


 


prachanda-modi

काठमाडौं,  असोज १ भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग गम्भिर सहमति गरेका छन् ।

शुक्रबार सार्वजनिक नेपाल र भारतको संयुक्त वक्तव्यको ११ औं नम्बर बुँदाका अनुसार प्रचण्डले मोदीसँग संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा नेपालले भारतलाई समर्थन गर्ने सहमति गरेका हुन् ।

सुरक्षा परिषदको स्थायी सदस्यका लागि लागिपरेको भारतलाई अमेरिका लगायतका पश्चिमा मुलुकले समर्थन गरेपनि चीनले रोक्दै आएको छ । सुरक्षा परिषद्को स्थायी सदस्य चीनले यसअघि पनि ‘भिटो पावर’ प्रयोग गरी भारतलाई रोकेको थियो ।

तर, चीनको छिमेकी नेपालले उसको मान्यताविपरित भारतलाई दक्षिण एसियाली मुलुकबाट सुरक्षा परिषदमा औपचारिक रुपमै समर्थन गरेको हो ।

यस्तो छ संयुक्त वक्तव्यको ११ नम्बर बुँदाः

nepal-india-statment

प्रकाशित मिति: १ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्