मन्त्रिपरिषद्को बैठक बोलाइयो, के बढ्ला लकडाउनकाे अवधि?


 


काठमाडौं, चैत्र २२
मन्त्रिपरिषद्को बैठक बोलाइएकाे छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ काे लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ।बैठकमा लकडाउनको कारण सर्वसाधरणलाई परेको प्रभाव, लकडाउनको अवधि लगायत समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले चैत २५ गते सम्मको लागि लकडाउन घोषणा गरेको छ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्