कोरोना संक्रमितलाई अस्पताल लान खोज्दा एम्बुलेन्स चालकले फाले साचाे


 


काठमाडाैँ, चैत्र २१
चीनबाट सुरू भएकाे विश्वभर फैलिरहेकाे काेराेना भाइरस(कोभिड–१९) का नयाँ संक्रमितलाई अस्पताल ल्याउने तयारी भइरहेकाे क्रममा एम्बुलेन्स चालक एकाएक साचाे फालेर गायब भएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशनपछि संक्रमित महिलालाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी थियो । तर, बिरामी लिन जानपूर्व व्यवस्थापन गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको एम्बुलेन्स चालक एकाएक गायब भएको प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले बताए।

‘हामी प्रदेश स्वास्थ्य निर्देशनालयसँगको लामो छलफलपछि संक्रमितलाई धौलागिरी अस्पतालमै भर्ना गर्ने निर्णय पुगेर सोही अनुसार बिरामीको घर जाने तयारमा थियौँ’ प्रमुख गुरौले भने,‘तर अन्तिम समयमा चालकले आफूलाई रेडक्रसले सवारी चालकको नियुक्ति नदिएकाले जोखिम मोल्न नसक्ने भन्दै चाबी फालेर बिरामी बोक्न मान्नुभएन ।’

बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल फर्किएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।  एम्बुलेन्सका चालक अस्पतालमै एम्बुलेन्सको चापी छाडेर फरार भएपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको नेतृत्वमा सोही कार्यालयकै सवारी चालक रुद्र पराजुलीले राति १० बजेपछि रेडक्रसकै एम्बुलेन्समा संक्रमित महिलालाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको थियो।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्