ज्वरोले अस्पताल भर्ना भएकी युवतीको मृत्यु


 


चितवन, चैत्र २१
भरतपुर अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईकाे ज्यान गएकाे हाे। उनलाइ ज्वरो र निमोनियाकी रहेकाे थियाे। हेटौंडाबाट रिफर भएर आएकी राईको शुक्रबार बिहान ४ बजे निधन भएको हो ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिएकाछन ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ । डा. तिवारीले मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको बताए ।मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्