डोल्पा अस्पतालमा २ जनाको कोरोनाकाे रिपोर्ट यस्ताे आयाे


 


डोल्पा, चैत्र २१
डोल्पा जिल्ला अस्पतालमा बिरामी दुईजनाको कोरोना परीक्षण रिपोट नेगेटिभ आएको छ । गत सोमबार २ जना आइसोलशनमा भर्ना भएकाको रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ। उनीहरु स्वाब परीक्षणका लागि मंगलबार काठमाडौं पठाइएको थियो।

ज्वोरो र खोकी बढेपछि आशंकामा दुईजना कर्मचारीलाई अस्पतालको आइसोलेसनमा राखेर स्वाब परीक्षणका लागि काठमाडौंको टेकु अस्पताल पठाइएको थियो। दुबैजनाको रिपोट स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिए ।

बिरामीमा डाक्टर रावलका अनुसार ज्वोरो,खोकी,आँखा दुख्ने,नाकबाट पानि बग्ने जस्ता लक्षण देखिएको थियो।उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. रावलले जानकारी दिए। मंगलबार औषधि र उपकरणसहित डोल्पा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले बिरामीको स्वाल परीक्षाका लागि काठमाडौं पठाएका थिए ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्