सरकारको कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो १ करोड सहयोग
काठमाडौं,चैत २१
सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ ।
बैंकले एक विज्ञप्ती जारी गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त रहम सहयोग गरेको जनाएको छ ।
सरकारको कोरोनाभाइरस महामारीको सामना गर्न बैंक प्रतिवद्ध रहेको पनि जनाएको छ । देशमा आइपर्ने कुनै पनि कठिन परिस्थितीमा सहयोग गर्न बैंक प्रतिवद्ध रहेको पनि बैंकले जनाएको छ ।
प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार