२०७६ साल चैत्र २१ गते शुक्रबारको राशिफल


 


वि.सं.२०७६ साल चैत्र २१ गते । शुक्रबार । ईश्वी सन् २०२० अप्रिल ०३ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– दशमी,३४ घडी ४३ पला,बेलुकी ०७ बजेर ४७ मिनेट उप्रान्त एकादशी । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आमा तथा आफन्त सँग मनमुटाव बढ्नेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न । वाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दाजुभाई तथा साझेदारहरु सँग मिलेर काम गर्नाले भविश्यमा आम्दानी हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । घरमै बसेर अध्ययन गर्नाले प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने वातावरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पती तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । प्रेममा एक अर्कालाई सहयोग गर्दा गर्दै अबिश्वषस बढ्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । राजनीति तथा समाजसेवामा लाग्नेहरुका लागि समय मध्ययम रहेकोछ । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समाजमा तारिफयोग्य काम गरि राम्रो उपलव्धी हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रको काम स्थगित हुनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धर्म कर्ममा मन जानेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । घरमै बसेर गरिने अध्ययनले बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । तरपनि ऋण लाग्ने तथा यहि बेलामा सत्रुहरुले दुख दिनेछन् । आफन्तसँग पनि मनमुटाब सिर्जना हुनाले काम गर्न मन लाग्ने छैन । वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्यावहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायान मन्दि आउँनेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्