लकडाउन कति कैदीबन्दी भए रिहा?


 


काठमाडौँ, चैत्र २१
सरकारले २ सय ८६ जना कैदीबन्दीलाई रिहा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलन नदिन देशभर लकडाउन घोषणा भएपछि उनीहरूलाई विभिन्न कारागारबाट धरौटी लिएर रिहा गर्नुका साथै बालबन्दीलाई अदालतको रोहवरमा आफन्तको जिम्मा लगाइएको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार रिहा हुनेमा १ सय ७४ जना बालबन्दी र १ सय १२ जना एक वर्षभन्दा कम सजाय पाएका कैदी छन् । कैद मिनाहा हुनसक्ने बन्दीको विवरण पेस गर्न गत साता नै गृह मन्त्रालयले विभागलाई निर्देशन दिएको थियो । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्