काेराेनाकाे महामारी: स्पेनमा एकैदिन ९ सय ६१ ले गुमाए ज्यान


 


एजेन्सी । कोरोनाभाइरसको संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय ६१ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार स्पेनमा ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएका छन् । हालसम्म यहाँ १ लाख १२ हजार ६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ हजार ९२ जनाको अवस्था गम्भीर छ ।

हालसम्म स्पेनका २६ हजार ७ सय ४३ जनाले कोरोनाभाइरससँगको युद्ध जितिसकेका छन् । यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्