‘प्रमका आईटी सल्लाहकार अलीमाथि छानविन गरियोस्’


 


काठमाडौं, चैत्र २०
प्रेस युनियन काठमाडौंले काठमाडौं प्रेसको ‘महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शिर्षकको समाचार हटाइएकोप्रति आपत्ति जनाएको छ।

सञ्चारकर्मीलाई समाचार सामग्री हटाउन माथिको दबाब भन्दै धम्कीको भाषा प्रयोग गरेको र लगत्तै समाचार हटाइदिएर साइबर अपराध गरेकाले प्रधानमन्त्रीका सल्लाकार असगर अलिलाइ तत्काल नियन्त्रणमा लिई आवश्यक छानबिनको प्रक्रिया अघि बढाउन प्रशासनसँग जोडदार समेत युनियनले गरेकाे छ।

अध्यक्ष जगन्नाथ दुलालले बिहीबार विज्ञप्ति जारी गरी समाचार सामग्री अनधिकृत रूपमा हटाइएको विषयमा ध्यानाकर्षण भएको जनाए । ‘सत्तामा रहनेहरूले विपद्को‍ घडीमा मच्चाएको ब्रह्मलुटबारेमा लेखिएको समाचार हटाउनुले ठूलो अनियमितता भएको आशंकालाई थप बल पुर्‍याएको छ। समाचार हटाउने कार्य साइबर अपराध, व्यक्तिगत डाटा दुरूपयोग र प्रेस स्वतन्त्रतामाथिकै प्रहार हो भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्