संक्रमित युवतीसँगै आएका ढोरपाटनका युवाकाे आयाे यस्ताे रिपाेर्ट


 


बागलुङ, चैत्र २०
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरवेजबाट आएका ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारी चौरका युवामा कोरोना संक्रमणकाे रिपाेर्ट नेगेटिभ आएकाे छ।

ढोरपाटनका युवा कोरोना संक्रमण पुष्टि भएकी काठमाडौं र बागलुङ नगरपाकिा -४ कुँडुलेकी १९ वर्षीया किशोरीसँगै कतार एयर एयरवेजको विमान बिमानबाट सँगै आएका थिए । होम क्वारेन्टाइनमै रहेका ढोरपाटनका युवामा कोरोना भाइरस संक्रमणको आशंकामा सोमबार नमुना स्वाब संकलन गरेर काठमाडौं पठाइएकोमा बिहीबार संक्रमण नभएको पुष्टि भएको प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

संक्रमित फेला परेसँगै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको तीव्र जोखिम देखिएको भन्दै बागलुङमा त्रास बढेको समयमा पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि जिल्लावासीमा राहत महशुस भएको छ।

कतार एयरवेजको विमानमा सवार काठमाडौंकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार यात्रुको खोजी गर्ने क्रममा बागलुङका चारजना सवार रहेको पाइएको थिया । जसमा बानपा ४ कुडुलेकी युवतीमा संक्रमण पुष्टि भएको छ भने नमूना परीक्षणमा पठाएका अन्य दुईजनाको रिपोर्ट नेगेटिभ आएको छ । ६५ वर्षीया एक महिलामा भने कुनै लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमै राखिएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्