नेपालमा थप एक जनालाई कोरोना भाइरस, संक्रमितको संख्या ६ पुग्यो


 


काठमाडौं, चैत्र २०
नेपालमा थप एक जनालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुस्टि भएको छ । ४ चैतमा कतार एयरलाइन्सबाट आएका एक यात्रुलाई संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

उक्त एयरलाइन्सबाट आएका दुई युवतीमा संक्रमण देखिएको थियो । यो सँगै संक्रमितको संख्या ६ पुगेको छ । तर, नेपालमा आएपछि भने संक्रमण भएको छैन । संक्रमित ६ मध्ये एक जनाको उपचार सफल भइसकेको छ । अन्य पाँच जना अस्पतालमा उपचाररत छन् ।

पहिलो स‌ंक्रमितको गत माघ ९ गते कोरोना परीक्षण गिरएको थियो। सो क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

दोस्रो संक्रमित भने चैत ४ गते फ्रान्स कतारको दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा देखिएको थियो। युएईबाट चैत ६ गते काठमाडौं आएका ३२ वर्षीय युवामा कोरोना भेटिएको थियो। उनी नेपालमा कोरोना संक्रमण देखिएका तेस्रा व्यक्ति हुन्।

उनीहरु दुबैमा कोरोना पुष्टि भएपछि टेकु अस्पतालमा भर्ना भई उपचार भइरहेको छ। यसका साथै उपत्यका बाहिर धनगढीमा  र बागलुङमा देखिएका बिरामीको धौलािगरी अस्पतालमा उपचाररत छिन्।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्