काेराेना महामारी: अमेरिकामा दुई लाख बढी संक्रमित, पाँच हजार बढीको मृत्यु


 


एजेन्सी । अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ ।

कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थिती भयावह हुनसक्छ ।यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकामा महामारीको स्वरुप इटलीजस्तै भयावह हुने चेतावनी दिएका थिए ।कोरोनाभाइरसका कारण सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्