भारतीय प्रधानमन्त्री मोदीले सबै मुख्यमन्त्रीसँंग भिडियो सम्मेलन गर्ने


 


एजेन्सी, चैत्र २०
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसका कारण निम्तिएको स्वास्थ्य सङ्कट र यसको प्रभावबारे जानकारी लिन भिडियो सम्मेलन गर्ने भएका छन् । उनले बिहिवार कोरोना भाइरसको विषयमा केन्द्रित रहेर भिडियो बैठक गर्न लाग्नुभएको अधिकारीहरूले जनाएका छन् ।

बैठकका क्रममा सबै मुख्यमन्त्रीहरूलाई आफ्नो प्रदेशमा कोरोना भाइरसको सङ्क्रमणको अवस्था, त्यस विरुद्ध लड्न अपनाइएका उपाय र भावी योजना प्रस्तुत गर्न लगाइने जनाइएको छ । प्रधानमन्त्री मोदीले यसअघि गत मार्च २० तारिखमा पनि मुख्यमन्त्रीहरुसँग भिडियो बैठक गरेका थिए । सो बैठकका बेला कोरोना भाइरस विरुद्धको लडाइमा केन्द्रिय सरकारको निर्णय कार्यान्वयन गर्न र केन्द्रसँग सहकार्य गर्न आव्हान गरेका थिए ।

उनले नागरिकको सहभागिता र सर्मथन यो चुनौती सामनाको लागि अत्यावश्यक रहेकोमा जोड दिएका थिए । प्रधानमन्त्री मोदीले जनसहभागिताको नमूना स्वरुप जनता कफ्र्युको अभ्यास देशव्यापी गराएका थिए ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्