काेराेना संक्रमित युवतीको परिवारका चार सदस्यकाे आयाे यस्ताे रिपाेर्ट


 


बागलुङ, चैत्र १९
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी युवतीको परिवारका चार सदस्यकाे रिपाेर्ट नेगेटिभ आएको छ।

धौलागिरी अञ्चल अस्पताल बागलुङका अनुसार सोमबार परिवारका ७ सदस्यसहित ११ जनाको नमुना स्वाब पठाइएकोमा परिवारका चार सदस्यको बुधबार नेगेटिभ रिपोर्ट आएको छ। धौलागिरी अञ्चल अस्पताल बागलुङले युवती, उनका परिवार र उनीसँगै यात्रा गरेका १० जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएको थियो।

परीक्षणका लागि पठाइएको मध्ये बुवा, हजुरबुबा, मावली तर्फका दाजु र दिदीको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेण्डन डाक्टर शैलेन्द्र बि पोखरेलले जानकारी दिए।

उनका अनुसार, अन्य ६ जनाको स्वाब परीक्षण हुन बाँकी छ। उक्त रिपोर्ट बिहीबारसम्म आउने डा.पोखरेलले बताए। संक्रमित फेला परे सँगै कोरोना (कोभिड-१९) भाइरस को संक्रमणको तिव्र जोखिम देखिएको भन्दै बागलुङमा पछिल्लो समय त्रास बढेको छ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्