प्रदेश १ का चिकित्सकले चीनबाट ल्याइएको पीपीई लगाउन मानेनन्


 


काठमाडौं, चैत्र १९
प्रदेश १ का चिकित्सकले स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गरेकाे पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगाउन अस्वीकार गरेका छन् । चिकित्सकहरूका अनुसार प्रदेश १ मा पठाइएको एक हजार थानभन्दा बढी पीपीई कोरोना भाइरसको जोखिमबाट बच्न काम नलाग्ने स्तरको रहेको छ।

‘काठमाडौंबाट पठाइएको पीपीई खोलेर हेर्दा हामी छक्क पर्‍यौं, त्यसमा एउटा गाउन मात्रै थियो, त्यसले भाइरस छेक्दैन’ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक चिकित्सकले भने, ‘पीपीई भनेको सिंगै सेटलाई नै बुझ्नुपर्ने हुन्छ, जसमा तलदेखि माथिसम्म ढाक्ने वाटरप्रुफ गाउन, अनुहार छेक्ने फेस सिल्ड, एन-९५ मास्क, बुट, बुट कभर, गगल्स र दुई/तीन सेट पञ्जासमेत हुनुपर्छ, अनि बल्ल त्यसलाई एक सेट पीपीई मान्न सकिन्छ ।’

तर, चीनबाट स्वास्थ्य मन्त्रालयले खरीद गरेर प्रदेशमा पठाएको पीपीईमा एउटा गाउनमात्रै भएको चिकित्सकले जानकारी दिए । कोरोना भाइरसको सुरक्षामा यस्तो पीपीई काम नलाग्ने उनले बताए ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्