पीपीईकाे वितरण रोक्न मुख्यमन्त्री राइको निर्देशन


 


काठमाडाैँ, चैत्र १९
चिकित्सकहरुले पीपीई गुणस्तरीय नभएको र पूरै सेट नआएको भन्दै आपत्ति जनाएपछि प्रदेश १ सरकारले अस्पतालहरुमा यसको वितरण रोकेको छ । प्रदेश १ का चिकित्सकले स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गरेकाे पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) कमसल भएकाे भन्दै लगाउन अस्वीकार गरेपछि मुख्यमन्त्री शेरधन राइले वितरणमा राेक लगाएका हुन् ।

स्रोतले भन्यो, ‘संघले पठाएको सामान सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुझ्नुभएको थियो । केही थान पीपीई अस्पतालहरुमा पठाइसकिएको थियो, तर, अहिले मुख्यमन्त्रीज्यूले रोक्न भन्नुभएको छ ।’

काम नलाग्ने पीपीई संघमै फिर्ता पठाउने या के गर्ने भन्नेबारे प्रदेश १ सरकार अनिणिर्त छ । यसैवीच, चीनबाट मेडिकल सामग्री खरीद गर्नका लागि सरकारले गरेको ठेक्का सम्झौता बुधबार रद्द भएको छ । सम्झौता रद्द भए पनि नेपालमा भित्रिइसकेका कमसल सामग्री के गर्ने भन्ने स्वास्थ्य मन्त्रालयले स्पष्ट पार्न सकेको छैन ।

स्वास्थ्य विभागका महानिर्देक महेन्द्रप्रसाद श्रेष्ठले सामान खरीद प्रक्रियामा संलग्न ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखिने बताएका छन् । तर, यसबारे निर्णय लिने नीति निर्मातामाथि के हुन्छ, सरकारले बोलेको छैन ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्