काेराेनाकाे सन्त्रास: ४ सय बढी भारतीय क्याम्पसमा थुनिए


 


वीरगन्ज, चैत्र १९
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथाम तथा नियन्त्रण गर्न देशभर जारी लकडाउन उल्लंघन गरी नेपालबाट भारत फर्किन लागेका ४ सयभन्दा बढी भातरीयलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। उनीहरूलाइ वीरगन्ज नाकाबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

काठमाडौं , पोखरा, नारायणगढ लगायतका शहरबाट वीरगन्ज नाका हुँदै घर फर्कने क्रममा चार सय १४ भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएका मध्ये ३ सय ५० भारतीयलाई ठाकुराम बहुमुखी क्याम्पसको शिक्षा संकायको एउटै भवनमा थुनेर राखेको छ । महिला, बालबालिका र केही पुरुष गरी ६२ जनालाई भने क्याम्पस परिसरको चौरमा प्रहरीले घेरा हालेर राखेको छ ।

प्रहरीले नियन्त्रणमा लिएका भारतीयले भने नेपाल प्रहरीले स्वास्थ्य परीक्षणपछि भारत जान दिने शर्तमा ल्याएको भए पनि मध्यरातदेखि ४ सय जनालाई एउटै भवनमा कोचेर गेटमा बाहिरबाट ताल्चा लगाइदिएको गुनासो गरेका छन् ।

लकडाउन उल्लंघन गरेर नेपालका विभिन्न शहरबाट गाडीमा सवार भइ मङगलबार राति र बुधबार बिहान वीरगन्ज आइपुगेका भारतीयलाई प्रहरीले वीरगन्जको गण्डक, परवानीपुर र इनर्वा नाकाबाट नियन्त्रणमा लिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्