चिनियाँ मेडिकल सामग्री खरिद गर्ने ओम्नीटेकको टेण्डर रद्द


 


काठमाडौं, चैत्र १९
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्रीमा घाेटाला भएकाे समाचार बाहिरिएपछि सरकारले टेण्डर रद्द गरेकाे छ।

स्वास्थ्य मन्त्रालयले उक्त सामग्रीमा ब्यापक विवाद भएपछि ओम्निटेकसँगको सम्झौता रद्द गरेको हाे । मन्त्रालय स्राेतका अनुसार केहीबेर अघि चीनबाट खरिद गरिएको मेडिकल सामग्री किट, पीपीई लगायतका मेडिकल सामग्रीको टेण्डर रद्द गरेको छ ।

एक लट सामान आइतबार आइसकेको छ । चीनबाट खरिद गरिएको मेडिकल सामग्री धेरै महंगो भएकोबारेमा ब्यापक बिरोध भएकाले टेण्डर रद्द गर्ने निर्णयमा मन्त्रालय पुगेको बताइएको स्राेतले जनाएकाे छ । आइसकेको मेडिकल सामानको बारेमा के कसरी भुक्तानी गर्ने भन्ने टुंगो नलागिसकेको मन्त्रालय स्रोतले बताएको छ ।

स्वास्थ्य मन्त्रालयले सूचना प्रविधिको काम गर्ने ओम्निटेक कम्पनीलाई मेडिकल सामग्री आपूर्तिको ठेक्का दिएको थियो । जुन कम्पनी बाणिज्य विभागमा दर्ता समेत नभएको पाइएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्