चिनियाँ नागरिकद्वारा नेपालमा मास्कको कालाेबजारी


 


काठमाडौं, चैत्र १९
बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेकी छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षीया क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्कीको बैदाममा रहेकी उनलाई एक हजार एक सय ५० थान मास्कसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार ४ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ भन्दा बढीमा बेचेको पाइएकाले उनलाई पक्राउ गरिएको हो ।

पोखरामा व्यवसाय गर्दै आएकी उनलाई चैत १५ गते पक्राउ गरिएको थियो । १६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५० हजार रुपैयाँ धरौटी तिराएर रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्