२०७६ चैत्र १९ गतेको राशिफल


 


मिति २०७६ साल चैत १९ गतेबुधवारको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशि स् दिन कार्यदायी रहनसक्नेछ । खर्चमा वृद्धि हुनुका साथै कार्यक्षेत्रमा पनि अधिक परिश्रम गर्नुपर्ने देखिन्छ । आज दुर्गा भगवतीको उपासना लाभदायी रहनेछ ।

वृष राशिः कान्तिवृद्धि हुनेछ । जलीय वस्तुबाट लाभ रहनुका साथै दिन सार्थक र सुखद् रहने देखिन्छ । पारिवारिक सुखका योग पनि देखिन्छन् ।

मिथुन राशिः पारिवारिक सुख मिल्नेछ । कार्यक्षेत्रमा उन्नतिका साथै बौद्धिक कार्यमा विशेष संलग्नता रहने देखिन्छ । सृजनात्मक कार्यमा पनि मन अभिप्रेरित रहनेछ ।

कर्कट राशिः मिष्ठान्न प्राप्तिका योग देखिन्छन् । पारिवारिक सुख मिल्नुका साथै कला मनोरञ्जनमा लगाव रहनेछ । व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ ।

सिंह राशिः शत्रुपक्ष सबल रहनेछन् । खर्चमा वृद्धि हुनुका साथै कार्यमा पनि अस्थिरता रहनसक्नेछ । धनको क्षेत्र पनि अस्थिर रहने सक्नेछ । अध्ययन अध्यापनको क्षेत्र पनि मध्यम फलदायी रहने देखिन्छ ।

कन्या राशिः मित्र सुख मिल्नेछ । कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ । प्रेम जीवन पनि आज सुखद् नै रहने देखिन्छ ।

तुला राशिः विद्याको क्षेत्र सबल रहनेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुनेछ । विद्या एवं प्रेमको क्षेत्र सफल रहने देखिन्छ ।

वृश्चिक राशिः आर्थिक लाभका योग देखिन्छन् । व्यवसायमा सफलता मिल्नुका साथै मित्र सुख मिलनेछ । प्रेम जीवन पनि सुखद् रहनेछ ।

धनु राशिः दिन कार्यदायी रहनसक्नेछ । आर्थिक अस्थिरताका साथै खर्चमा पनि वृद्धिहुनसक्ने देखिन्छ । जलीयवस्तुबाट सजग रहनु नै उचित हुनेछ ।

मकर राशिः अध्ययनमा रुचि जाग्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । बुद्धिपक्ष आज सबल रहनेछ ।

कुम्भ राशिः अध्यात्म चिन्तनमा मन अभिप्रेरित रहनेछ । आर्थिक लाभका साथै कार्य योजनमा पनि सफलता मिल्ने देखिन्छ ।

मीन राशि स् प्रिय सुख मिल्नेछ । भौतिक वस्तुबाट लाभका साथै मिष्ठान्नमा अभिरुचि रहनेछ । प्राज्ञिक चिन्तनमा पनि केही समय व्यतित हुने देखिन्छ ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्