कोरोनाको लक्षण देखिएकाे आशंकामा दुई जना आइसोलेसन भर्ना


 


ओखलढुंगा, चैत्र १८
ओखलढुंगामा दुई जनालाई आइसोलेसनमा भर्ना गरिएको छ। सिद्धिचरण नगरपालिका वडा -१० का दुई युवतीलाई आइसोलेसनमा भर्ना गरिएको हाे।कोरोना भाइरसको लक्षण देखिएको आशंकामा उनीहरूलाई भर्ना गरिएको सिद्धिचरण नगरपालिकाले जनाएकाे छ। ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसन वार्डमा उनीहरू भर्ना भएको हुन।

उनीहरु दुवैजना एक हप्ता पहिलो भारतबाट फर्किएर परिवारसँगै बस्दै आएका थिए। उच्च ज्वरो र खोकी देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको सिद्धिचरण नगरपालिकाका जनस्वास्थ्य निरीक्षक पवन लामाले बताए। उनीहरुको सम्पर्कमा रहेका अन्य ७ जनालाई क्वारेन्टाइनमा मंगलबार दिउँसो ल्याइएको छ।

विदेशबाट फर्किएका व्यक्तिको पहिचान तथा निगरानी गर्ने क्रममा उनीहरुमा उच्च ज्वरो देखिएकाले आशंका गरिएको हो। लामासहितको स्वास्थ्यकर्मीको टोलीले गाउँबाट आशंका गरिएका व्यक्तिलाई अस्पताल र अन्यलाई क्वारेन्टाइनमा ल्याएको थियो।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्