पार्किङमा राखेको बसमा आगलागी


 


मलंगवा, चैत्र १८
सर्लाहीमा रोकिराखेको बसमा मंगलबार आगलागी भएको छ । लालबन्दी नगरपालिका-६ मा लकडाउन पछि रोकिराखेको बसमा मंगलबार आगलागी भएको हाे ।

स्थानीय पद्म बहादुर कटुवालले लकडाउनपछि एक सातादेखि जनवादी चौकबाट करिब सय मिटर दक्षिण साइड लगाएर राखेको ना ६ ख ७१६९ नं. को बसमा बिहान साँढे १ बजेतिर अचानक आगलागी भएको हो ।

लालबन्दीबाट नारायणघाट चल्ने भैरहवा ट्राभल्समा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् । आगलगीबाट करिब २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बसमा कसरी आगलागी भएको हो त्यो अहिले सम्म खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगोलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर झण्डै एक घण्टापछि निभाएका थिए ।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्