रामेछापमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु, २८ घाइते


 


रामेछापमा पिकअप भ्यान सडकबाट करिब १५० मिटर तल खसेको दुर्घटना भएकाे छ। दुर्घटनामा परी २ जनाको ज्यान गएकाे छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको हाे।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार दोरम्बा गाउँपालिका-२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ।

‘घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ। केहीको अवस्था गम्भीर रहेको छ।’ पौडेलले भने, ‘प्रहरीले चालक नियन्त्रणमा लिएका छौं, थप अनुसन्धान भइरहेको छ, घाइतेको उद्दार गरेर अस्पताल पठाइएको छ।’

उनकाअनुसार धुलिखेल अस्पतालमा १ जना महिला र बनेपाको अस्पतालमा १ जना पुरुषको उपचारको क्रममा मृत्युभएको हो। सामान्य घाइते भएका दुई जना घर गएका छन्।

प्रकाशित मिति: १८ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्