६ हजार ५ सय ३२ जना पक्राउ, ११ हजार सवारी साधन नियन्त्रणमा


 


काठमाडौँ, चैत्र १७
सरकारले घाेषणा गरेकाे लकडाउनकाे समयमा प्रहरीले एक साताभित्र ६ हजार ५ सय ३२ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाइ लकडाउन उल्‍लंघन गरेकाे कसुरमा नियन्त्रणमा लिइएकाे नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए ।

उनका अनुसार सातवटै प्रदेश र उपत्यकाबाट उनीहरुलाई पक्राउ गरिएको हाे। यो अवधिमा लकडाउन उल्लंघन गर्ने १० हजार ९ सय ९५ वटा सवारी साधन नियन्त्रणमा लिइएको उनले बताए । ‘अत्यावश्यक सेवाबाहेकका सवारी साधन र मानिसको आवतजावतमा रोक लगाउन लकडाउन गरिएको हो तर अनावश्यक रुपमा सडकमा निस्किनेलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘यो अवस्थामा सबै अनुशासित भएर घरमै बस्नुपर्ने हो, अटेरी गर्ने प्रवृत्ति रोकिएको छैन ।’

महानगरीय ट्राफिक प्रहरी प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले राजधानीमा लकडाउन उल्लंघन गर्नेक्रम नरोकिएको बताए । उनीहरुलाई नियन्त्रणमा लिएर कोरोनासम्बन्धी सचेतना कक्षा दिएर छाड्ने गरिएको उनले बताए । सडकमै कानुन उल्लंघन गर्दाको अनुभूति दिलाउन डोरी र सनासो प्रयोग गर्नुपरेको उनले बताए । अबदेखि लकडाउन उल्लंघन गर्ने चालकलाई सवारीसहित नियन्त्रणमा लिएर कारबाही गरिने उनले बताए ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्