बेहोस अवस्थामा वीर अस्पताल पुर्‍याइएकी महिलाको मृत्यु


 


काठमाडौं, चैत्र १७
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे (कोभिड-१९) कोरोना भाइरस संक्रमणको आशंकामा वीर अस्पताल भर्ना भएकी ५० वर्षीया महिलाको मृत्यु भएको छ। ति महिला नेपाली हुन कि भारतीय हुन भन्ने पत्ता नलागेको अस्पतालले जनाएको छ।

वीर अस्पतालका अनुसार सोमबार कालिमाटीबाट उनलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो। उनको नमुना टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ। अस्पतालका अनुसार उनलाई अस्पताल ल्याउँदा ज्वरो आएर सास फेर्न निकै गाहो भइरहेको अवस्थामा इमर्जेन्सी वार्ड भर्ना गरिएको थियो।

सोमबार बिहान मात्रै पाटन अस्पतालको आइसीयूमा राखिएका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको मृत्यु भएको थियो। उनको पनि कोरोनाको संक्रमण भएको आशंकामा नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको थियो तर रिपोर्ट आइसकेको छैन्। उनमा अत्याधिक ज्वरो आएको थियो।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्