पौडी खेलेरै नेपाल आएका तीन जना प्रहरी नियन्त्रणमा, सयाैं अलपत्र


 


काठमाडाैँ, चैत्र १७
चार दिनदेखि भारत पिथौरागढ जिल्लाको धारचुलामा अलपत्र परेकामध्ये तीन नेपाली महाकाली नदीमा पौडेर स्वदेश आएका छन् । धारचुलामा अलपत्र परेका नेपाली मजदुर पुल बन्द भएपछि पौडी खेलेर नेपालतर्फ आउन थालेका हुन् ।

महाकाली नगरपालालिका ४ पुलघाट बजार नजिकैबाट उनीहरू सोमबार दिउँसो नेपाल प्रवेश गरेका हुन्।पौडी खेली नेपाल प्रवेश गरेका तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

पौडेर नेपाल प्रवेश गर्नेमा बैतडी डिलाशैनी गाउँपालिकाका इन्द्रराज खत्री, दार्चुलाको मार्मा गाउँपालिकाका रमेश विष्ट र शैल्यशिखर नगरपालिकाका धनबहादुर स्वदेश प्रवेश गरेको प्रहरीले जनाएको छ। उनीहरुसँगै सयौं नेपाली अझै सीमा अलपत्र छन्।

पौडी खेली नेपाल प्रवेश गरेका तीनै जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। पुल खोल्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्न पौडी खेलेर नेपाल आएको खत्रीले बताए। आफूहरूको माग सरकारले नेपाल आउन दिनुपर्ने रहेको उनीहरूको भनाइ छ।

तीन जना महाकालीमा पौडी खेलेर नेपाल प्रवेश गरेपछि अहिले सदरमुकामस्थित महाकाली नदी किनार आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गस्ती गरिरहेको छ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्