मुस्लिम राष्ट्रलाई जोखिममा राख्दैं पाकिस्तानले हालै धार्मिक भेलाको अनुमति दिएको थियो


 


एजेन्सी । कोभिड–१९ को संक्रमणमा ईरानभन्दा पनि खराब अबस्था रहेको पाकिस्तान सरकारले लाहौरमा एक धार्मिक भेला गर्ने अनुमति दिएर लाखौंको ज्यान जोखिममा राखेको छ ।

स्थानीय तेबेगी जमातलाई पाकिस्तान सरकारले मार्च १३ देखी १५ सम्म धार्मिक भेला आयोजना गर्ने अनुमति दिएको थियो । उक्त भेलामा विश्वका विभिन्न भागबाट लाखौं मुस्लिम श्रद्धालु भेला हुने अपेक्षा गरिएको थियो भने करीव साढे २ लाख मुस्लिक श्रद्धालुहरु भेला हुनु पुर्व नै लाहौर पुगिसकेका थिए ।

इरान र साउदी अरेबिया जस्ता देशहरूले धार्मिक जमघटमा प्रतिबन्ध लगाइरहेको बेला पाकिस्तानले उक्त भेला आयोजना गर्ने अनुमति दिएर लाखौं मुस्लिमहरुको जीवनमा जोखिममा राखेको भन्दै पाकिस्तानी प्रधानमन्त्री ईमरान खानको चौतर्फी आलोचना भईरहेको छ ।

आइतवार गाजा पट्टीले कोरोनाभाइरसको पहिलो दुई घटनाहरू देखा पर्यो । यी दुई प्यालेस्टिनी पुरुषहरू सोही भेलाका लागि पाकिस्तान गएर फर्केका थिए । पाकिस्तानले १३०० भन्दा बढी व्यक्तिमा संक्रमण देखिसकिएको छ तर सरकारले हालसम्म नियन्त्रणतर्फ कुनै कदम चालेको छैन्। पाकिस्तानी पत्रकार कुँवर खुलदुने शाहिदले पाकिस्तान विश्वमा कोभिड–१९ को ‘सुपर–स्प्रेडर’ बन्ने खतरा औल्याएका छन् ।

शाहिदले पाकिस्तान सरकारले विचित्रतापूर्वक ब्यबहार गरिरहेको आरोप लगाउँदै शुक्रवारको प्रार्थनाको लागि एउटै जम्मा हुने करोडौंको बीचमा कोरोना प्रसार कुन गतिमा भएको होला भन्ने कल्पना समेत गर्न नसकिने बताए ।

ईरानले साप्ताहिक शुक्रबारको प्रार्थना रद्द गरेको थियो र सउदी अरबले फेबरुअरीको अन्त्यमा नै उमरा यात्रालाई स्थगित गरेको थियो तर पाकिस्तान सरकारले भने देशको दोस्रो ठुलो जनसंख्या भएको शहरमा लाखौं मानिस भेला हुने इज्जितमा गर्ने अनुमति दिएको थियो ।

तथापी भेला हुने भनिएको दिनभन्दा एक दिन पहिले मार्च १२मा आयोजकले सम्मेलन रद्द गरेको थियो तर सम्मेलन रद्द हुने घोषणा हुञ्जेलसम्म लगभग २ लाख ५० लाख मानिसहरू लाहौरमा भेला भईसकेको थियो । यद्यपि भेला रद्द गरिनुको कारण कोरोना महामारी नभई बर्षा हुने पुर्वानुमान थियो ।
इरानले पवित्र शिया स्थलहरु बन्द गरेको बेला र साउदी अरेबियाले इस्लामका दुई अति पवित्र मस्जिदहरूमा प्रार्थना गर्न प्रतिबन्ध लगाएको बेला तथा टर्की, युएई, लेबनान, इराक, जोर्डन जस्ता धेरै मुस्लिम देशहरूले मस्जिद बन्द गरेको बेला पाकिस्तानले सबै खुल्ला राखेको छ ।

राष्ट्रिय टेलिभिजनमा कोरोनाभाइरसको उपचारको बारेमा झूट फैलाउने मौलवीहरू विरुद्ध कुनै कारबाही भइरहेको छैन् । प्रख्यात धर्मगुरु मुहम्मद ताकी उस्मानीले राष्ट्रिय टिभीमा भनेका थिए कि पैगम्बर मुहम्मदले सपनामा आइ कुरानको केही मन्त्रहरुको वाचन गरेमा कोरोनाको संक्रमण नहुने बताएका थिए ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्