चीनमाथि यसकारण लगाईन्छ काेरोना फैलाएको आरोप


 


काठमाडाैँ, चैत्र १५
चीनको वुहानमा कोभिड–१९ को पहिलो संक्रमण नोभेम्बर २०१९को शुरुआतमा नै देखिएको थियो। तर चीनले उक्त कोरोना भाईरसबाट लाग्ने उक्त संक्रमणलाई लामो समयसम्म नकारेर बसेको थियो।

उसले भाईरसको प्रसारलाई दुनियाभरिबाट लुकाँउदै रोक्ने प्रयास गर्यो तर स्थिति नियन्त्रणबाहिर गइसके पश्चातमात्र भारईस बिस्तार भएको करिब डेढ् महिनापछि मात्र यसको बारेमा आधिकारिक जानकारी गरायो । वुहानमा भाईरस फैलिएको पत्ता लगाउने पहिलो डाक्टरको आवाज दवाइयो भने भाईरसबाट बाहिर बोल्ने थुप्रशे स्वाथ्थकर्मीहरुलाई कारबाही गरियो ।

चीनमा शंकाको सुई यसकारण पनि सोझिएको छ भने वुहानबाट हजारौं कोष टाढा जुनस्तरमा अमेरिकी, युरोपेली शहरहरुमा भाईरस फैलिएको छ त्यस स्तरमा निकै नै न्यून मात्रामा चीनको राजधानी बेइजिंग र व्यापारी केन्द्र सांघाईमा भाईरसको प्रसार भएको तथ्य देखिन्छ ।

चीनमा पहिलोपटक कोभिड –१९को बारेमा जानकारी हुने डाक्टरलाई चुप गराउनु पनि चीनको ठुलो गल्ती भएको विज्ञहरुले यसअघि नै औल्याइसकेको छ । अन्य मुलुकहरुलाई कोरोना भाईरससम्बन्धी जानकारी साझा गर्न माग गर्दा पनि आनाकानी गरेको चीनले भाईरसको प्रसार हुनथालेपछि पनि अन्तर्राष्ट्रिय उडानको कुनै निर्देशिका लागु गरेन र संक्रमित क्षेत्रका थुप्रै मानिसहरु अन्य मुलुकमा उडिरहे ।

चीनीयाँ प्रशासनले कोभिड –१९ देखिएको मितिदेखी ११ जनवरीसम्म यो रोग व्यक्तिवाट व्यक्तिमा फैलिने रोग नभएको ट्वीट गदै आएको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनको उक्त कुरालाई दोहो¥याउदै आइरहेको थियो । यसकारण शंका उसमाथि छ ।

भाईरसको प्रसारण भईसकेको करीब दुई महिना पछि समेत फरवरीको अन्तिम हप्तासम्म ‘सिटी आफ लव’ नामबाट परिचित एक चीनियाँ नागरिकले इटलीको फ्लोरेन्स शहरको एक व्यस्त सडकमा ‘म मानव हुँ, भाइरस होइन, पक्षपात नगर’ लेखिएको प्लेकार्ड बोकी उभिएको छ जसलाई हजारौं इटालीहरुले अँगालो हालेका थिए । उक्त एक व्यक्तिले गर्दा आज इटलीको कोरोनाको नराम्रो चपेटमा परेको छ ।

नेपाल र भारतमा समेत मिडीयाहरुले लामो समयमा कोरोनाबाट यी सत्यहरु लुकाइरहे । चीनमा अन्ध भक्क्त केही मिडीयाहरुले भने चीनको सबै गल्तीहरु लुकाइरहे । मिडीयाले यसरी चीनका गल्तीहरु लुकाइरहदाँ यस्तो परिणाम आज हामि देखिरहेका छौ ।

नेपालमा पनि कोरोना संक्रमणको घटना देखा पर्न थालेको छ भने पुरा देश बन्द छ । यसले अर्थतन्त्रमा पर्ने असर त छदैछन् त्यसमाथि दैनिक ज्यालामा निर्भर जनताहरुको जीवन निर्वाहन नै कठीन बनेको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्