भारतीय सिमाना धारचुलामा ३ सय १३ नेपाली अलपत्र


 


दार्चुला, चैत्र १५
भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीनसय बढी नेपाली भारतको धार्चुलामा अलपत्र परेका छन् ।

शुक्रबार राती १० बजेसम्म सदरमुकाम खलंगास्थित झोलुंगे पूल खुलाएर २२५ जनाको उद्धार गरिए पछि राती १२ बजेपछि धारचुलामा पुगेका नेपाली अलपत्र परेका छन् ।

पिथौरागढ, डिडिहाट, मुन्स्यारीलगायतका क्षेत्रमा कामबाट फर्किएका ३सय १३ जना नेपाली तीनदिनदेखि अलपत्र परेका हुन् । धारचुलामा अलपत्र परेका नेपाली उद्धारको लागि प्रयास भएको छैन् ।

नेपालीमा पनि उनीहरुलाई स्वदेश ल्याउनेकी नल्याउने भन्ने विषयमा अलमल भएको नेपाल पत्रकार महासंघका अध्यक्ष शंकरसिंह धामीले बताए। समयमै सबै मिलेर उनीहरुको व्यवस्था गर्नु बाहेक अरु विकल्प नभको प्रमुख जिल्ला अधिकारि यद्दुनाथ पौडेलले बताए ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्