एक महिनाको घरभाडा मिनाहा गरिदिन घरबेटीलाई सरकारको अनुरोध
काठमाडाैँ, चैत्र १५
सरकारले शहरी क्षेत्रमा भाडामा बस्ने मजदुर र कामदारको राहतको लागि एक महिनाको घरबहाल मिनाहा गर्न आग्रह गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले शहरी क्षेत्रमा रहेका घरमा एक महिनाको घरभाडा मिनाहा गर्न आग्रह गर्ने निर्णय गरेको सरकरका प्रवक्ता समेत सूचना तथा सञ्चार प्रबिधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
सरकारले निजी विद्यालयलाई विद्यार्थीको आवासबाहेक एक महिनाको शुल्क मिनाहा गर्न पनि आग्रह गरेको छ ।
प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार