बुटवलस्थित आइसोलेसनमा मृत्यु भएका ब्यक्ति कहाँबाट कहिले आएका थिए?


 


काठमाडाैँ । रूपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत एक बिरामीको आइतवार मृत्यु भएको छ । रूपन्देहीको सैनामैना– ४ का ३४ वर्षका बाबुराम थापाकाे मृत्यु भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । अस्थायी आइसोलेसन अस्पतालमा उच्च ज्वरोका कारण ती पुरूषकाे ज्यान गएकाे हाे।

दुवईबाट गत चैत ७ गते नेपाल आएका सैनामैनाका थापा ज्वरो आएपछि १३ चैतमा उक्त अस्पतालमा भर्ना भएका थिए। उनको कोरोना भाइरसका कारणले मृत्‍यु भएको हो वा होइन भन्ने बारेमा काठमाडौंबाट रिपोर्ट आएपछि मात्र थाहा हुने अस्पताल स्रोतले वताएको छ।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको  थियो। आज बेलुकासम्म उनको रिपोर्ट आउने सँभावना रहेको स्रोतको भनाइ छ। अस्पतालले यसबारेमा आधिकारीक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

उनी दुवईमा ट्याक्सी ड्राइभरका रुपमा काम गर्दै आएको पनि खुलेको छ । कोभिड १९ को आशंका गरिएका र त्यस्तै लक्षण देखिएका बिरामीको उपचारका लागि रामनगरस्थित धागो कारखानामा अस्थायी आइसोलेसन अस्पताल निर्माण गरेर उपचार हुँदै आएको छ। त्यहां करिब ७ जनालाई राखिएको छ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्