आइसोलेसनमा उपचाररत एक व्यक्तिको निधन


 


रुपेन्देही, चैत्र १६
बुटवलमा रहेको अस्थायी आइसोलेसन अस्पतालमा उच्च ज्वरोका कारण आज एक व्यक्तिको निधन भएको छ।

दुबइबाट गत चैत ७ गते नेपाल आएका सैनामैनाका ३४ बर्षका बाबुराम थापा ज्वरो आएपछि १३ चैतमा उक्त अस्पतालमा भर्ना भएका थिए।

उनको कोरोना भाइरसका कारणले मृत्‍यु भएको हो वा होइन भन्ने बारेमा काठमाडौंबाट रिपोर्ट आएपछि मात्र थाहा हुने अस्पताल स्रोतले वताएको छ।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको को थियो। आज बेलुका सम्म उनको रिपोर्ट आउने सँभावना रहेको स्रोतको भनाइ छ। अस्पतालले यसबारेमा आधिकारीक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

उनी दुबइमा ट्याक्सी ड्राइभरका रुपमा काम गर्दै आएको पनि खुलेको छ ।

कोभिड १९ को आशंका गरिएका र त्यस्तै लक्षण देखिएका बिरामीको उपचारका लागि रामनगरस्थित धागो कारखानामा अस्थायी आइसोलेसन अस्पताल निर्माण गरेर उपचार हुँदै आएको छ। त्यहां करिब ७ जनालाई राखिएको छ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्