बिरालोमा पहिलो पटक कोभिड–१९ को संक्रमण भेटियो


 


बेल्जियमको एक बिरालोमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। इटाली हुँदै बेल्जियम फर्किएका कोरोनाभाइरस संक्रमित बिरामी मालिकबाट बिरालोमा सरेको बताइएको छ।

बिरालो बिरामी भएपछि उसको दिसा जाँच गर्दा कोरोनाभारस रहेको पत्ता लागेको द ब्रसेल्स टाइम्सले जनाएको छ। स्वास्थ्य अधिकारीका अनुसार मालिक बिरामी भएको एक हप्तापछि बिरालोको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो।

बिरालोलाई झाडापखाला, बान्ता र सास फेर्न समस्या भएको थियो। पछि रिसर्चरहरूले भाइरस रहेको पत्ता लगाएका थिए, प्रोफेसर स्टभन भान गुत्चले गत शुक्रबार भनेका छन्।

द ब्रसेल्स टाइम्सका अनुसार कोरोना देखिएको बिरालो र उसको मालिकको पनि उपचार भइरहेको छ। यसअघि हङकङमा पनि दुई कुकुरमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो। जसमध्ये १७ वर्षीय पोमेरानियन कुकुरको भने मृत्यु भएको छ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्