लकडाउनमा अचम्मित पारिदिने घटना: युवक झुण्डिए, पुरुषद्वारा वृद्धाको टोकेर हत्या


 


एजेन्सी, चैत्र १६
चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे राेकथामकाे लागि अधिकांश देशका सरकारले विभिन्न कदम चालेका छन्। साेही क्रममाख कोरोना भाइरस फैलनबाट रोक्नका लागि भारतले २१ दिनको लकडाउन लागू गरेको छ । यतिबेला केही अचम्मित पारिदिने घटना सार्वजनिक भए ।

गुजरातको जामनगरमा लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाउँदा २१ वर्षका एक युवकले आत्महत्या गरेका छन् । लकडाउनको चौथो दिन गुजरातको जामनगरमा कौशिक मन्डेराले झुण्डिएर आत्महत्या गरे । युवक राजकोटमा मजदुरी गर्दथे । लकडाउनका कारण उनी आफ्नो घर जामनगर पुगे । उनी घरबाट बाहिर निस्कन पाएनन् । कौशिकका पिताले पुलिससँगको कुराकानीमा उनको छोरा घरबाट बाहिर निस्कन नपाएपछि तनावमा थिए । राती उनले पछ्यौरालाई पासो बनाएर पङ्खामा झुण्डिए ।

यस्तै, तमिलनाडुको थेनी जिल्लामा होम क्वारेन्टिनमा राखिएका एक पुरुष घरबाट बाहिर निस्किएर वृद्धालाई टोकेर हत्या गरिदिए । थेनी जिल्लामा ३२ वर्षीय युवकले छिमेकी वृद्धा महिलाको टोकेर हत्या गरेका छन् । आरोपी युवकको नाम मणिकन्दन हो । उनी केही दिन अघि मात्रै श्रीलङ्काबाट फर्किएका थिए । उनलाई त्यतिबेला देखि नै क्वारेन्टाइनमा राखिएको थियो ।

पुलिसका अनुसार शुक्रबार उनी नग्न अवस्थामा घरबाट भागे र वृद्धा महिलामाथि हमला गरे । वृद्धाको घाँटीमा उनले थुप्रै पटक टोकेका थिए जसका कारण उनको मृत्यु भयो । पुलिसले मणिकन्दनलाई पक्राउ गरेको छ । उनको कोरोना भाइरसको परीक्षण गरिएको छ साथै उनको मानसिक स्थितीबारे पनि परीक्षण गरिँदैछ ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्