एकाबिहानै ‘लकडाउन’ उल्लघंन गर्ने ५५ महिलासहित २ सय बढी पक्राउ


 


काठमाडाैं, चैत्र १६
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले विभन्न कदम चालेकाे छ। साेही क्रममा लकडाउनलाई सफल पार्न प्रहरी प्रशासनलाई सरकारले कडा निर्देशन दिएकाे छ। साेही निर्देशन बमाेजिम एक विहानै लकडाउन उल्लघंन गर्ने ५५ महिलासहित २ सय १० जनालाई प्रहरीले पक्राउ गरेकाे छ। जसमा १५५ जना पुरुष रहेका छन्।

प्रहरीले आइतबार एकाबिहानै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले हिजो दिनभर उपत्यकामा ‘लकडाउन’ उल्लघंन गर्ने करिब ५ सय जनालाई नियन्त्रणमा लिएको थियो।
महानगरीय प्रहरी कार्यलय, रानीपोखरी(मेट्रो) प्रहरी प्रमुख डिआईजी विश्वराज पोखरेलले आजबाट ‘लकडाउन’को उल्लघंन गर्नेलाई नयाँ तरिकाले नियन्त्रणमा राख्ने बताएका छन्।

डिआईजी पोखरेलले अब ‘लकडाउन’ उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राख्ने बताए।उनले यसक्रममा नियन्त्रणमा परेकालाई उचित दुरी मिलाएर दुई घण्टा राखेर ब्रिफिङ् गरेर छाड्ने जानकारी दिए। यसैगरी प्रहरीले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नागरिकसमक्ष आग्रह गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्