कोरोना भाइरसबाट बेलायतमा बुबा र छोरीको मृत्यु


 


काठमाण्डौँ,चैत १५

बेलायतको हिथ्रो बिमानस्थलमा काम गर्ने बुबा र छोरीको कोरोनाभाइरसबाट २४ घण्टा भित्र निधन भएको छ ।

हीथ्रो बिमानस्थलमा कार्यरत एक ६१ बर्षका अध्यागमन अधिकारी र उनकी छोरीको ३३ बर्षमा कोरोना भाइरसबाट मृत्यु भएको हो ।टर्मिनल तीनमा कार्यरत सुधीर शर्माको बुधवार र फार्मसिस्ट छोरी पूजा शर्माको अर्को दिन निधन भएको थियो ।

शर्माले जनवरी पहिलो सात देखि बिमानस्थलमा काम शुरु गरेका थिए।शर्माको अन्त्येष्टिमा समेत कोहि जान नमाने पछी स्थिति भयावह छ ।

पश्चिमी लन्डनको होन्स्लोका सुधीर अन्य रोगद्वारा समेत पिडित भएको बताएको छ ।बेलायती दैनिक पत्रिका ‘द सन’ ले उनीहरु बेलायती थिए वा अन्य मुलुकका भन्ने खुलाएको छैन ।होन्स्लो क्षेत्रमा करिब तीन हजार नेपाली परिवार बसोबास गर्दै आएको अनुमान छ ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्