स्पेनमा काेराेनाकाे भयाभय अवस्था, स्पेनमा एकैदिन ७७३ को मृत्यु


 


एजेन्सी, चैत्र १५
स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ पुगेको छ। यससँगै यहाँ मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ ।

स्पेनमा कूल ६५ हजार ७ सय १९ संक्रमितमध्ये ४ हजार १ सय ६५ को स्थिती गम्भीर छ । यहाँ एकैदिन ७ हजार ९ सय ३३ मा जना संक्रमित वृद्धि भएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्