काेभिड-१९: इटलीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या १ लाख नाघ्यो


 


एजेन्सी, चैत्र १४
कोरोना भाइरसका कारण इटलीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । यससँगै इटलीमा मृतकको संख्या ९ हजार १ सय ३४ पुगेको छ।

वर्ल्डोमिटरका अनुसार यहाँ ५ हजार ९ सय ९ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ ।उता अमेरिकामा संक्रमितको रेकर्डस्तरको वृद्धि भएको छ । १७ हजार २९ जना नयाँ संक्रमित देखिएपछि यहाँ कूल संक्रमितको संख्या १ लाख २ हजार ४ सय ६४ पुगेको छ ।

साथै यहाँ एकैदिन ३ सय १२ जनाको मृत्यु भएको छ । यससँगै मृततको संख्या १ हजार २ सय ७ पुगेको छ । अमेरिका कोरोना भाइरसको नयाँ ‘इपिसेन्टर’ बन्ने खतरा भएको विभिन्न विज्ञले चेतावनी दिँदै आएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्